सरकारले मेलम्ची खानेपानी विकास समितिका कार्यक्षेत्र र अधिकार हेरफेर गर्दै नयाँ गठन आदेश जारी गरेको छ । सरकारले समितिलाई उपत्यका भित्र मेलम्चि बाहेक अन्य खानेपानी स्रोत पहिचान गर्ने तथा परियोजना प्रभावित क्षेत्रका विकास कार्यक्रम सञ्चालन गर्ने जिम्मेबारी थप गरेको हो । सरकारले मेलम्ची खानेपानी विकास समिति गठन आदेश २०५५ खारेज गर्दै २०७९ जारी गरेको हो…