महासंघको निर्वाचन तालिका सार्वजनिक, सहमति नजुटेपछि त्रिपक्षिय भिडन्त निश्चित

नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं साधारणसभाको तालिका सार्वजनिक भएको छ । महासंघको निर्वाचन समितिले यही चैत २९ गते काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा हुने निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो । कार्यतालिका अनुसार चैत २९ गते विहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुनेछ । उक्त अवधिसम्म मतदान केन्द्र प्रवेश गरिसकेका मतदाताले भने मतदान गर्न पाउनेछन् ।…