होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशको प्रथम अधिवेशन यही चैत २५ र २६ गते पोखरामा गरिने भएको छ । सो बारेमा जानकारी दिन आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष अर्जुन चोखालले उक्त जानकारी दिए । उनले मुक्तिनाथ दर्शनका लागि आएका भारतीय र केही आन्तरिक पर्यटकको आगमनले गण्डकीको पर्यटन व्यवसाय धानिएको बताए । चैतको पहिलो हप्ता…