मगलबार सार्वजनिक बिदाको दिन पनि राहदानी विभाग खुल्ने भएको छ । सरकारले घोडेजात्राको दिन (भोली) सार्वजनिक विदा घोषणा गरे पनि राहदानी विभाग खुल्ला रहने भएको हो । बिहान १० बजेदेखि साढे २ बजेसम्म कार्यालय खोलिने विभागको सूचनामा उल्लेख छ । विभागद्वारा जारी सूचनामा भनिएको छ, ‘घोडेजात्राको दिन विहान १० बजेदेखि दिउँसो २:३० बजेसम्म कार्यालय खोलिने…