टर्की र सिरियामा गएको विनाशकारी भूकम्पका पीडितहरूका लागि अन्तर्राष्ट्रिय दाताहरूले अहिलेका लागि कम्तीमा पनि सात अर्ब युरो सहयोग गर्ने बाचा गरेका छन् । ती भूकम्प पीडितहरुका लागि सहयोग रकम जुटाउने उद्देश्यले युरोपेली सङ्घले ब्रसेल्समा आयोजना गरेको दाताहरुको सम्मेलनका क्रममा उनीहरुले सो प्रतिबद्धता व्यक्त गरेका बताइएको छ । सोमबार अन्तर्राष्ट्रिय दाताहरुबाट सो सहयोगको प्रतिबद्धता आएको बताइएको…