उपप्रधान र भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आगामी दिनमा विकासका गतिविधिले तीव्रता पाउने दाबी गरेका छन् । भारतको स्टिलमिन्ट ग्रुपले आयोजना गरेको दुईदिने नेपाल ट्रेड समिट कार्यक्रममा बुधबार नेपालमा सिमेन्ट, स्टिल र कोइला व्यवसायको चुनौती र सम्भावनाबारे छलफल गर्दै उनले सरकारले समृद्धि र विकासलाई उच्च प्राथमिकता दिएका बताएका हुन् । यातायातलाई विकासको पूर्वसर्त मानेर…