एकैदिन तोलामा ८ हजारले घट्यो सुनको भाउ

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज एकैदिन सुन तोलामा ८ हजार २०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ३ लाख ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो…