सैतिस थान राहदानीसहित श्रेष्ठ नियन्त्रणमा

काठमाडौँ । प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ३७ थान राहदानीसहित एक जनालाई नियन्त्रणमा लिई आज सार्वजनिक गरेको छ । सिरहाको धनगढीमाई नगरपालिका–१३ घर भएका राहदानी नम्बर १२१३४८५५ वाहक ३८ वर्षीय अजित श्रेष्ठलाई नियन्त्रणमा लिइएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए । उनले भने, “नेपाल एयरलाइन्सको उडानद्वारा मङ्गलबार काठमाडौँबाट भारतको…