काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुणामणि चापागाईंले राजीनामा दिएका छन् । सीईओ चापागाईंले सोमबार अर्थ मन्त्रालयमा आफ्नो राजीनामा पेस गरेका हुन्। आफ्नो कार्यकाल बाँकी छँदै उनले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएको स्रोतले जनाएको छ। यद्यपि, राजीनामाको विस्तृत कारण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन। बुक बिल्डिङ मार्फत् शेयर निष्कासनका लागि…