युरोपेली केन्द्रीय बैंक (ईसीबी)का अध्यक्ष क्रिस्टीन लेगार्डले उच्च मुद्रास्फीति घटाउन र मूल्य स्थिरता कायम गर्न आफ्नो तर्फबाट उपयुक्त कदम चाल्ने बताएकी छन् । जेनेभामा आयोजित विश्व व्यापार सङ्गठन (डब्लुटीओ) मा बोल्दै लेगार्डले युरो क्षेत्रका अधिकांश देशहरूमा देखिएको मुद्रास्फितिसँग जुध्न ईसीबीले कुनै कसर बाँकी नराख्ने बताएकी हुन् । “हामी त्यो मूल्य स्थिरता पुनः स्थापित गर्नेछौं र…