इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले सन् २०२२ मा ८७ करोड ५० लाख सञ्चालन आम्दानी गरेको छ । कम्पनीले सन् २०२१ मा ८३ करोड ७० लाख आम्दानी गरेको थियो । सन् २०२१ को तुलनामा कम्पनीको आम्दानी ५ प्रतिशतले वृद्धि भएको हो । कम्पनीको आम्दानीमा वृद्धि भएसँगै कम्पनीका अन्य वित्तीय सूचांकहरुमा सकरात्मक सुधार देखिएको हो ।…