साल्ट ट्रेडिङ्ग कर्पोरेशनको नाफा ४७.३९ प्रतिशत बढ्यो

साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ करोड ८८ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आवको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा ४७.३९ प्रतिशतले बढेको हो । गत आवको सोही अवधिमा कम्पनीले १ करोड २७ लाख रुपैयाँ खुद नाफा गरेको थियो । कम्पनीको ब्याज खर्च घटेसँगै कम्पनीको नाफामा उल्लेख्य सुधार…