बाग्लुङमा पर्यटन प्रवर्धन गर्न हरित पार्क निर्माण

बाग्लुङको बरेङ गाउँपालिकाले पर्यटक आकर्षित गर्न हरित पार्क निर्माण गरेको छ । गाउँपालिकाले वडा नम्बर ५ सुखौरामा पार्क निर्माण गरेको हो । पर्यटकीयस्थल भैँसेखोला तथा छहरेखोला झरना र देउरालीको केन्द्रमा पर्ने गरी पार्क निर्माण गरिएको छ । पार्कले सल्यान र सुखौरासँगै अन्य पर्यटकीय गन्तव्यलाई जोड्ने छ । चालु आर्थिक वर्षमा गण्डकी प्रदेश र गाउँपालिकाले विनियोजन…