राष्ट्रिय सभाको उपाध्यक्षमा माओवादी नेत्री अर्याल निर्वाचित

राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का सांसद उर्मिला अर्याल निर्वाचित भएकी छिन् । सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपाध्यक्ष पदका लागि एक जनाको मात्रै उम्मेदवारी परेको जानकारी गराउँदै अर्याल निर्विरोध निर्वाचित भएको सभालाई जानकारी गराए । सभाध्यक्ष तिमिल्सिनाले उपाध्यक्ष अर्याललाई सफल कार्यकालको कामना गर्दै बधाई समेत दिए । त्यसअघि नेकपा (एमाले) का सांसद देवेन्द्र दाहालले राष्ट्रिय…