काठमाण्डौं उपत्यकामा नयाँ वितरण सञ्जालबाट मेलम्चीको पानी वितरणका लागि हालसम्म काठमाण्डौं उपत्यकाको चक्रपथ भित्रका अधिकांश क्षेत्रहरुमा १ हजार १० किलोमिटर भन्दा बढी पाइपलाइन बिच्छ्याइ सकिएको छ । एशियाली विकास बैंकको ऋण सहयोग तथा नेपाल सरकारको लगानीमा पहिलो चरणमा खानेपानी वितरण सञ्जालका लागि विभिन्न ३२ क्षेत्र र १६२ उपक्षेत्रहरूमा विभाजन गरी पानी वितरण गर्ने पद्दति अपनाइएको…