ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले बुधबारदेखि २३ हजार कित्ता सेयर बिक्रीमा ल्याएको छ । प्रुडेन्सियल क्यापिटलको स्वामित्वमा रहेको लघुवित्तको उक्त संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३५० रुपैयाँ तोकिएको छ । इच्छुकले लिलामीमा राखिएको उक्त सेयर खरिदका लागि न्यूनतम २ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम मूल्य वा…