नव निर्वाचित प्रतिनिधिहरुको पहिलो संसद बैठक पुस २५ मा बस्ने भएको छ । मन्त्रिपरिषद्को बैठकले गरेको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गते संसदको पहिलो अधिवेशन आह्वान गरेकी हुन् । राष्ट्रपति भण्डारीले पुस २५ गते दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । नेपालको संसद्मा प्रत्यक्ष १६५…