बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप थपिनेक्रम जारी रहँदा तरलतामा सुधार आएपनि तत्काल ब्याजदर नघट्ने भएपछि सेयर कारोबारमा शिथिलता आएको छ । वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाउने चर्चाले सोमबारको सेयर बजारमा करिब १७ अंकको सुधार आएको थियो । तर, नेपाल बैंकर्स संघले पुस महिनाका लागि यसअघि कायम ब्याजदर नै लागू गर्ने निर्णय गरेपछि सेयर लगानीकर्ताको मनोबलमा…