रानी जमरा कुलरिया सिँचाइ आयोजना : कृषितर्फको वित्तीय प्रगति न्यून

राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइको गत आर्थिक वर्षको वित्तीय प्रगति ५० प्रतिशतभन्दा कम देखिएको छ । कृषि कार्यक्रम कार्यान्वयन इकाइले विनियोजन बजेटको ४७ दशमलव ७९ प्रतिशत वित्तीय प्रगति गरेको हो । गत वर्ष आयोजनाका लागि चालु तथा पुँजीगत गरी १४ करोड ८६ लाख बजेट विनियोजन गरिएको थियो ।…