धितोपत्र बोर्डको अध्यक्षका लागि १९ जनाद्धारा दाबेदारी प्रस्तुत

नेपाल धितोपत्र बोर्डको नयाँ अध्यक्षका लागि अन्तिम दिन बुधबारसम्ममा १९ जनाले दाबेदारी प्रस्तुत गरेका छन् ।  रिक्त अध्यक्ष पदका लागि नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर शिवराज श्रेष्ठ, तत्कालिन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं, धितोपत्र बोर्डका निमित्त प्रमुख डा. नवराज अधिकारी र बाेर्डका कार्यकारी निर्देशक कृष्णराज पोख्रेल सहित १९ जनाको आवेदन परेको हो । मंगलबार चार…