सूचीकृत आधा बढी कम्पनी मार्जिन कारोबारका लागि अयोग्य, योग्य सूचीमा ११२ मात्रै अटाए

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत ५९ प्रतिशत कम्पनी मार्जिन कारोबारका लागि अयोग्य देखिएका छन् । नेप्सेमा सूचीकृत रहेका २७१ कम्पनीमध्ये ११२ कम्पनी मात्रै मार्जिन कारोबारका लागि योग्य भएका हुन् । नेप्सेले एक सूचना जारी गर्दै मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५ को परिच्छेद ३ को दफा ८ बमोजिम मापदण्ड पूरा गरेका मार्जिन कारोबारयोग्य कम्पनीहरुको सूची…