भारतीय विदेशमन्त्री नेपाल भ्रमणमा, यस्तो छ कार्यक्रम

भारतीय विदेशमन्त्री डा एस जयशङ्कर नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन नेपाल आइपुगेका छन् । उनी भारतीय विशेष विमानमार्फत आज बिहान यहाँ आइपुगेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले स्वागत गरे । संयुक्त आयोगको बैठक यही पुस १९ र २० गते काठमाडौँमा हुँदैछ । संयुक्त आयोगको बैठकमा परराष्ट्रमन्त्री साउद र उनका…