त्रिभुवन विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि दोस्रो पटक दरखास्त आह्वान गरिएको छ । यसअघि प्रकाशित भएको दरखास्त आह्वानको सूचना रद्ध गरेर पुनः नयाँ सूचना जारी गरिएको हो । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिको आइतबार बसेको बैठकले उपकुलपति छनोटसम्बन्धी कार्यविधि परिमार्जन गरेपछि सोमबार सूचना जारी गर्दै दोस्रो पटक दरखास्त आह्वान…