औद्योगिक व्यावसायिक वातावरण निर्माण मौद्रिक नीतिको मूल ध्येयः गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले औद्योगिक व्यावसायिक वातावरण निर्माण मौद्रिक नीतिको मूल ध्येय रहने बताएका छन् ।इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) ले बिहीबार राजधानीमा आयोजना गरेको 'मौद्रिक नीति पूर्वछलफल कार्यक्रम' मा गभर्नर अधिकारीले राष्ट्र बैंक मौद्रिक नीतिको अन्तिम तयारीमा रहेको र व्यावसायिक वातावरण निर्माणमा केन्द्रित हुने बताएका हुन् । बैंकिङ्ग प्रणालीमा रहेको स्रोतलाई उत्पादनमा…