वित्तीय प्रणालीमा कर्जाको माग तत्काल नबढ्ने भएपछि बैंकहरूले ट्रेजरीमा डिस्काउन्ट रेट बढाएर लगानी गरेका छन् । सोमबार निष्कासन भएको २१ अर्ब रुपैयाँ बराबरको ट्रेजरीमा बैंक तथा वित्तीय संस्थाले एक प्रतिशत बिन्दुले डिस्काउन्ट रेट बढाएका हुन् । गत आर्थिक वर्षको अन्तिममा उच्च बढेको बैंक तथा वित्तीय संस्थाको निषेप नयाँ आर्थिक वर्ष २०८०/८१ सुरु भएसँगै घट्न थालेको…