आन्तरिक राजस्व विभागले अवैध मदिरा खरिदबिक्री गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ। विभागले मंगलबार एक सूचना प्रकाशित गरी यस्तो चेतावनी दिएको हो। विभागले अवैध चोरी पैठारी भएका मदिरा बिक्री वितरण बढेको भन्दै अन्तःशुल्क स्टीकर टाँस गरिएका स्वदेशी तथा विदेशी मदिरा मात्रै बेच्न आग्रह गरेको छ । हाल बजार अनुगमनका क्रममा विभिन्न…