पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय विमान अवतरण भएको छ । विमानस्थल उद्घाटन भएको करिब ६ महिनापछि अन्तर्राष्ट्रिय चार्टर्ड जहाज अवतरण गरेको हो । चिनियाँ वायुसेवा कम्पनी 'सिचुवान एयरलाइन्स' को विमान भिआइपी पाहुना र खेलाडी लिएर पोखरा विमानस्थलमा अवतरण गर्यो । जहाज राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, चीनको लिङ्जी नगरका उपप्रमुखसहितका उच्च पदस्थ व्यक्तित्वहरू, खेलाडी…