अख्तियार दुरुपयोग अनुसन्धान आयोग जलस्रोत तथा सिंचाई विभागका तत्कालीन महानिर्देशक (अवकाश प्राप्त सुई) मधुकर प्रसाद राजभण्डारीविरुद्ध साढे तीन करोडको भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले राजभण्डारीविरुद्ध ३ करोड ५६ लाख ७७ हजार ३४६ रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो । तत्कालीन महानिर्देशक राजभण्डारीलेसरकारी पदमा कार्यरत रहँदा अकुत सम्पत्ति…