बजेटले भन्सार बढाएसँगै सुनको भाउमा फेरि नयाँ रेकर्ड

सरकारले भन्सार दर बढाएसँगै सुनको भाउमा नयाँ रेकर्ड कायम भएको छ । बजेट मार्फत प्रति दशग्राममा ८ हजार ५०० रुपैयाँ भन्सार दर तिर्दै आएकोमा १२ हजार ७५० रुपैयाँ पुर्याएसँगै सुनको भाउमा नयाँ रेकर्ड कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि छापावाल सुनको भाउ १ लाख १२ हजार रुपैयाँ निर्धारण गरिएको छ…