रौतहटको ईशनाथ नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताविरुद्ध डेढ करोड रुपैयाँ बिगो मागदाबीसहित भ्रष्टाचारको मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी सेवामा रहँदा पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा उनीविरुद्ध १ करोड ४९ लाख ९७ हजार ८६४ रुपैयाँ बिगो दाबी गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो ।…