अर्थतन्त्र लयमा ल्याउन सरकारले सम्पूर्ण तागत लगाउँछः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले अर्थतन्त्र सुधारका लागि सरकारले अधिकतम प्रयास गरिरहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको ५७ औंँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले मुलुक आर्थिक रुपले चुनौतीपूर्ण रहेको अवस्थामा आफूले जिम्मेवारी सम्हालेको र अहिलेको सङ्कटमोचन गर्ने अवसर यो सरकारलाई रहेको बताएका हुन् । ‘‘सरकारको सम्पूर्ण तागत अर्थतन्त्रलाई लयमा ल्याउने र…