माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको नदी फर्काउन डाइभर्सन सुरुङ निर्माण सम्पन्न

प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको बाँधलगायत संरचना (हेडवक्र्स) निर्माणका लागि नदी फर्काउन डाइभर्सन सुरुङको निर्माण सम्पन्न भएको छ । रसुवाको आमाछोदिङमो गाउँपालिका–१ हाकूमा बाँध निर्माणका लागि ४२० मिटर लम्बाइ र ५ मिटर व्यास भएको पूर्ण कंक्रिट लाइनिङ डाइभर्सन सुरुङ निर्माण सम्पन्न भएको छ ।  सुरुङ निर्माण सम्पन्न भएपछि मंगलबारबाट…