मोटर बीमामा निर्भर निर्जीवन बीमा व्यवसाय, लघु र कृषि तथा बालीबीमाको अवस्था नाजुक

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को पुस महिनासम्मको तथ्याङ्क अनुसार निर्जीवन बीमा व्यवसाय मोटर बीमाकै भरमा चलेको देखिन्छ । सरकारले विशेष जोड दिँदै आएको लघुबीमा तथा कृषिबाली बीमाको अवस्था अन्य बीमाको तुलनामा कमजोर देखिएको छ । प्राधिकरणको विवरण अनुसार कम्पनीहरुले गरेको कुल निर्जीवन बीमा व्यवसायका करिब ३३ प्रतिशत हिस्सा मोटर बीमा…