लमजुङमा निर्माणाधीन ४२ दशमलव ६० मेगावाटको सुपर न्यादी जलविद्युत् आयोजनाको निर्धारित निर्माणकार्यको म्याद सकिन लागे पनि अझै ३५ प्रतिशत निर्माणकार्य बाँकी रहेको छ । सिउरी न्यादी हाइड्रो पावर कम्पनीद्वारा मस्र्याङ्दी गाउँपालिका–६ स्थित ङादीखोलामा निर्माणाधीन यस आयोजनाको आगामी असारभित्रमा सम्पन्न गर्नुपर्नेमा अझै उक्त प्रतिशत काम बाँकी रहेको हो । यो आयोजनाको दुई वर्षभित्रमा निर्माण सम्पन्न गर्ने…