वाणिज्य बैंकहरुले मंसिरसम्म कमाए ३३ अर्ब ८७ करोड नाफा

सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंकहरुले मंसिर मसान्तसम्म ३३ अर्ब ८७ करोड ९० लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । कार्तिक मसान्तसम्म २५ अर्ब ३२ करोड ३० लाख रुपैयाँ आर्जन गरेका बैंकहरुको नाफा मंसिरमा ३३.७९ प्रतिशतले बढोत्तरी भएको हो । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आवको पाँच महिनामा नबिल बैंकले वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै…