प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रदेशका मन्त्रालयको सङ्ख्या घटाउन र खर्चभार कटौती गर्न प्रस्ताव गरेको बताएका छन्। सोमबार बिहान सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलको नेतृत्वको प्रदेशका मन्त्री, सांसद र नेताहरूको टोलीसँग कुरा गर्दै प्रधानमन्त्रीले सोहीअनुसार केही प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाइएको बताए। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उनले भने, ‘प्रदेशहरू आफैमा स्वायत्त भएको र कसरी काम…