‘मेड इन हङकङ’ लेबलमाथि अमेरिकी प्रतिबन्धले व्यापारिक कानुनको उल्लङ्घन गरेको विश्व व्यापार सङ्गठनको ठहर

विश्व व्यापार सङ्गठनले हङकङका उत्पादनलाई 'मेड इन चाइना' को लेबल लगाउनुपर्ने भन्दै अमेरिकाले अन्तर्राष्ट्रिय व्यापार कानुनको उल्लङ्घन गरेको ठहर गरेको छ । विश्व व्यापार सङ्गठनको विवाद समितिले वासिङ्टनको राष्ट्रिय सुरक्षा हितले यस्तो लेबलिङका लागि अनुमति दिएको भन्ने वासिङ्टनको तर्कलाई अस्वीकार गर्दै अमेरिकी मूलचिन्हको आवश्यकताले व्यापार निकायको नियमअन्तर्गत देशको दायित्वको उल्लङ्घन गरेको बताएको छ । समितिले…