सरकारले व्यवसायीको चर्को विरोधपछि गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध फुकुवा गरेको छ । व्यवसायीको विरोधसँगै राजस्वमा पनि दबाब परेपछि सरकारले विलासीका सामाग्रीको आयात प्रतिबन्ध फुकुवा गरेको हो । उच्च आयातका कारण विदेशी सञ्चितिमा दबाब परेपछि सरकारले गत वैशाख देखि विभिन्न वस्तुहरूको आयातमा प्रतिबन्ध लगाएको थियो । सरकारले अर्थतन्त्रको बाह्य क्षेत्रलाई ध्यानमा राखेर आयात…