तनहुँको छिम्केश्वरीमा केबलकार निर्माण गरिने, लागत ३ अर्ब १० करोड

तनहुँको सबैभन्दा अग्लो डाँडा छिम्केश्वरीमा केबलकार निर्माण गरिने भएको छ । तीन अर्ब दश करोड लागतमा छिम्केश्वरीमा केबलकार निर्माण गर्न लागिएको हो। पर्यटकीय नगरी बन्दीपुरमा केबलकारसहित पूर्वाधार निर्माण गरिरहेको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले दोस्रो परियोजनाका रुपमा छिम्केश्वरीमा केबलकार निर्माण गर्न लागेको हो । समुन्द्री सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा छिम्केश्वरी अवस्थित…