बेलायती केन्द्रीय बैंक, बैंक अफ इङ्गल्यान्डले मुद्रास्फीति नियन्त्रण गर्न ०.७५ प्रतिशतले ब्याजदर बढाएको छ । सन् २००८ यताकै उच्च मुद्रास्फीतिको सामना गरिरहेको बेलायतले मुद्रास्फीति नियन्त्रण गर्न यस वर्षमा मात्रै आठ पटक ब्याजदर बढाएको छ । ०.७५ प्रतिशतले ब्याजदर बढाउँदै बैंक अफ इङ्गल्यान्डले ब्याजदर ३ प्रतिशत कायम गरेको छ । उक्त ब्याजदर सन् २००८ नोभेम्बर महिना…