चीनको एयरलाइन्सले नेपालमा उडान सङ्ख्या थप्यो, चिनियाँ पर्यटक आगमन बढ्ने विश्वास

चीनको चाइना साउदर्न एयरलाइन्सले नेपालमा उडान सङ्ख्या थपेको छ । हाल चीनको ग्वान्जाओ-काठमाडौँ रुटमा हरेक दिन एउटा उडान गरिरहेको एयरलाइन्सले शनिबारदेखि दैनिक दुईवटा उडान सुरु गरेको हो । सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिलाई शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । मन्त्री तामाङ र चाइना साउदर्न एयरलाइन्सको नेपालस्थित…