विद्यालय पढ्दै गर्दा पश्चिमसेतीको चर्चा सुनेका डोटी, आदर्शका नरी ओझा अहिले नाति नातिनीका हजुरबुवा भइ सके । अहिलेसम्म पनि परियोजना बन्नु त कता हो कता कामै सुरु भएको छैन । आफ्नो बालापन सम्झिँदै उनी भन्छन, “विसं २०३७ मा पश्चिमसेती चर्चामा आएको हो, हामी त्यतिबेला दिपायल स्कुलमा पढ्थ्यौँ । अहिले विसं २०७९ लागिसकेको छ, तर परियोजना…