आगामी बजेटले अन्तर्राष्ट्रिय मूल्य श्रृंखलामा आवद्ध वस्तुहरूको उत्पादन स्वदेशमै गर्न सहजीकरण गर्ने

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट मार्फत अन्तर्राष्ट्रिय मूल्य श्रृखलामा आवद्ध भएका वस्तुहरुको स्वदेशमा उत्पादन गर्न आवश्यक वातावरण तयार गर्न सहजीकरण गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी बजेटका सिद्धान्त र प्राथमिकता भनेको आत्मनिर्भर समाजवाद उन्मूख अर्थतन्त्रमा केन्द्रित हुने बताए । व्यवस्थापिका संसदमा मंगलबार आगामी बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गर्दै उनले आगामी…