नबिलमा एनबी बैंक गाभ्ने विषयमा सर्वोच्चले बोलाएको छलफल बुधबार हुने

नेपाल बंगलादेश बैंक नबिल बैंकमा गाभिने प्रक्रिया रोक्न अल्पकालिन अन्तरिम आदेश जारी गर्दै मंगलबारका लागि बोलाएको छलफल स्थगित भएको छ । सर्वोच्चले मंगलबारका लागि दुबै पक्षलाई छलफलमा बोलाएको भएपनि म्याद तामेलिका कारण बुधबारलाई सारेको हो । सर्वोच्चले यसभन्दा अघिको अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने निर्णयका लागि रिटका पक्ष विपक्षलाई छलफलका लागि बोलाएको थियो…