बजारमा तरलताको संकट सहज नभए पनि अधिकांश वाणिज्य बैंकहरुले चैत्र महिनाको लागि ब्याजदर नबढाउने पक्षमा रहेका छन् । ब्याज बढाउँदा पनि बैंकहरुमा उल्लेखनीय रुपमा निक्षेप नथपिएकाले बैंकहरु ब्याजदर यथावत राख्ने मुडमा पुगेका हुन् । नेपाल बैंकर्स एसोसिएसनले ब्याजदरका सन्दर्भमा आगामी आइतबार निर्णय गर्ने तयारी गरेको छ । अहिले एशोसिएसनले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुसँग राय…