अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले चालू आर्थिक वर्ष २०७८।७९ को पूँजीगत खर्च ९० प्रतिशत पु¥याउन निर्देशन दिएका छन् । पूँजीगत बजेट धेरै विनियोजन भएका १० मन्त्रालयको २४ फागुनसम्मको बजेट समिक्षा गर्न अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले मध्यावधि समीक्षामार्फत ९० प्रतिशत पूँजीगत खर्च गर्ने लक्ष्य लिएकाले सोही अनुसार बजेट कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।…