नेपाल बैंकर्सले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा मार्फत नीतिगत दरहरुमा लचकता अपनाउन नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको छ। नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीलाई भेट गरी बैंकर्स संघका नवनियुक्त पदाधिकारीहरु तथा पूर्व अध्यक्षहरुले यस्तो माग गरेका हुन । उनीहरुले पछिल्लो समय देखिएको तरलताको चापलाई मध्यनजर गर्दै कर्जा निक्षेप अनुपात, तरलता अनुपात…