नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुलाई असल वर्गमा परेका तर ५ प्रतिशत वा २ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गरिएका कर्जाको विवरण अलग्गै तयार गरी राष्ट्र बैंकमा पेश गर्नुपर्ने व्यवस्था हटाएको छ । केन्द्रीय बैंकले एकीकृत निर्देशन २०७७ मार्फत असल वर्गमा वर्गीकरण भएका तर २०७७ असार मसान्तसम्ममा भुक्तानी गर्नुपर्ने साँवा र ब्याज रकम असूल हुन नसकेको अवस्थामा…