राष्ट्रपतिका सल्लाहकार नेपालको राजीनामा स्वीकृत

राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा. चिरञ्जीवी नेपालको राजीनामा स्वीकृत भएको छ । नेपालले दिएको राजीनामा राष्ट्रपतिले आज स्वीकृत गरेको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन । एक सयको नेपाली नोटमा नेपालको चुच्चे नक्सा छाप्ने सरकारको निर्णयप्रति असहमति जनाएर विवादमा आएपछि राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिकविज्ञ चिरञ्जिवी नेपालले राजीनामा दिएका हुन। “राष्ट्रपतिज्यू समक्ष आर्थिकविज्ञ डा…