ठूला लगानीकर्तालाई शेयर कर्जामा कडाई, मार्जिन कर्जाको सीमा यथावत

नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जा लिनको लागि सीमा तोकेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै एउटा व्यक्ति तथा फर्मले एउटा बैंकबाट ४ करोड तथा समग्रमा १२ करोडभन्दा बढी कर्जा लिन नपाइने व्यवस्था गरेको छ ।  बैंक तथा वित्तीय संस्थाहरुबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा जोखिम न्यूनीकरण गर्दै…